detail-img

डा. शाक्य राष्ट्रिय सभा सदस्य मनोनीत 

६ बैशाख (२०८१), काठमाडौं । नेकपा (एमाले) परराष्ट्र मामिला विभाग सचिव डाक्टर अञ्जान शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ । 
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिशमा नेपालको संविधानको धारा ८६ को उपधारा (२)को खण्ड (ख) बमोजिम शाक्यलाई आज राष्ट्रियसभा सदस्यमा मनोनीत गर्नुभएको  राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।