detail-img

स्थायी कमिटी सदस्य कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

२७ बैशाख (२०८१), विराटनगर । नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँ तेस्रो पटक मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेपछि नेकपा (एमाले) र माओवादी केन्द्रका ५२ जना सांसदको हस्ताक्षरसहित नेता कार्कीले आजै बिहान मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको थियो । उहाँ झापा निर्वाचन क्षेत्र नं. ५(१) बाट गत २०७९ को निर्वाचनमा दोस्रोपटक प्रदेश सभा सदस्य निर्वाचित हुनुभएको थियो । कार्की पार्टीका स्थायी कमिटी सदस्य हुनुहुन्छ ।