detail-img

भूपू सैनिक तथा प्रहरी संगठन कोशी प्रदेशको अधिवेशन सम्पन्न 

१ जेठ (०८१), काठमाडौं । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन कोशी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । 
सुनसरीको इटहरीमा २०८१ बैशाख २९ गते सम्पन्न अधिवेशनले डिल्लीराम घिमिरेको अध्यक्षतामा सात पदाधिकारीसहित ३३ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ भने राधेश्याम घिमिरेको संयोजकत्वमा चार सदस्यीय सल्लाहाकार समिति समेत सर्वसम्मत चयन गरेको छ ।
संगठनका केन्द्रीय अध्यक्ष विनोद पाण्डेको उपस्थितिमा भएको  अधिवेशनमा अध्यक्ष पाण्डेका साथै नेकपा (एमाले)का केन्द्रीय सदस्य जीवन घिमिरे, कोशी प्रदेश कमिटी सदस्य तथा कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रका संयोजक बाबुराम थापा, पार्टीका मोरङ जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, संगठनका उपमहासचिव मदन केसी, सचिव तीर्थराज घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
शुभकामना मन्तव्यका क्रममा संगठनका अध्यक्ष पाण्डेले भूपूहरूको कर्तव्य र समाजमा स्थापित मान्यताको विषयमा स्पष्ट पार्नु भयो । अधिवेशनमा करिव २५० जना प्रतिनिधिको उपस्थिति रहेको थियो ।