detail-img

अगुवा महिलाको बैठक 

३ जेठ (२०८१), काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका अगुवा महिलाहरूको बैठक सम्पन्न भएको छ । 
महासंघका अध्यक्ष पासाङ शेर्पाको अध्यक्षता तथा नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रका संयोजक  भानुभक्त ढकालको आतिथ्यमा बैठक भएको हो । बैठकमा महासंघका इन्चार्ज गोकुल घर्ती पनि उपस्थित  हुनुहुन्थ्यो । 
नेकपा (एमाले) जनसंगठ्न समन्वय संयन्त्रको संयोजनमा जेठ १६ र १७ गते हुने जनसंगठन सम्बद्ध अगुवा महिलाको दुई दिने भेलाको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बसेको हो । बैठकले भेलाको उद्घाटन समारोहमा आआफ्नो भेषभुषामा आदिवासी जनजाति महिलाको उपस्थिति गराउने निर्णय गरेको महासंघका उपमहासचिव तथा प्रचार विभाग प्रमुख देवराज राईले जानकारी दिनुभयो ।