detail-img

बरिष्ठ उपाध्यक्षद्वारा सुनसरीको आठौँ अधिवेशन उद्घाटन 

५ जेठ (२०८१), इटहरी । नेकपा (एमाले) सुनसरीको आठौँ जिल्ला अधिवेशन आजबाट शुरू भएको छ । इटहरीमा आयोजित अधिवेशनको नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले उद्घाटन गर्नुभयो । 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै  वरिष्ठ उपाध्यक्ष पोखरेलले अबको एमाले विकास निर्माणको च्याम्पियन बन्नुपर्ने बताउनुभयो ।  बरिष्ठ उपाध्यक्ष पोखरेलले भन्नुभयो– कहाँ बाटो बनाउने ? कहाँ खानेपानी ल्याउने ?  कहाँ जेष्ठ नागरिकका लागि भवन बनाउने भन्ने योजना एमालेसँग हुनुपर्छ । 
उहाँले पार्टी कमिटीका बैठकहरूमा विकासका योजना बनाउनुपर्ने बताउनुभयो । जनताको जीवनमा परिवर्तन ल्याउने काम नगरे जनताको पार्टी हुन नसक्ने पक्षमा ध्यान दिन आग्रह गर्नुभयो । 
बरिष्ठ उपाध्यक्ष पोखरेलले अधिवेशनबाट सर्वसम्मत रूपमा नेतृत्व छान्न आग्रह गर्नुभयो । उहाँले पार्टीमा प्रवेश गर्नुभएका साथीहरूलाई पनि नेतृत्व चयन गर्दा उचित स्थान दिन ध्यानाकर्षण गराउनुभयो ।अधिवेशनमा ७३० प्रतिनिधि सहभागी छन् । अधिवेशन तीन दिनसम्म चल्ने छ ।