detail-img

भक्तपुर जिल्ला अध्यक्षमा देउजा 

६ जेठ (०८१), भक्तपुर ।  नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको अध्यक्षमा बचन देउजा निर्वाचित हुनुभएको छ । 
जिल्ला कमिटीका नवौं अधिवेशन अन्तर्गत गएराती सम्पन्न निर्वाचनबाट देउजा अध्यक्षमा निर्वाचित हुनुभएको हो । यो उहाँको दोस्रो कार्यकाल हो । 
अध्यक्ष लगायत सबै पदाधिकारी र केही सदस्यमा एकभन्दा बढी आकाङ्क्षा भएपछि निर्वाचनबाट नेतृत्व चयन गरिएको हो । अध्यक्षमा अर्का उम्मेदवार मोहनवीर श्रेष्ठ हुनुहुन्थ्यो । 
यसैगरी उपाध्यक्षमा किरण थापा र सचिवमा विष्णु तामाङ निर्वाचित हुनुभएको छ ।
यस्तै उपसचिवमा उत्तरा नेपाल र सानुकाजी कायस्थ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।