detail-img

बाँके जिल्ला अध्यक्षमा गुरूङ निर्वाचित 

७ जेठ (२०८१), बाँके । नेकपा (एमाले) बाँके जिल्ला कमिटीको अध्यक्षमा निरक गुरूङ निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीको नवौं अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा गुरूङ विजयी हुनुभएको हो । उहाँसँगै निवर्तमान उपाध्यक्ष डिल्ली बिसी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । 
पदाधिकारी पाँचै जनाका लागि एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन भएको थियो । सो अनुसार, उपाध्यक्षमा रत्न खत्री निर्वाचित हुनुभएको छ । 
यसैगरी सचिवमा बलराम भट्टराई र उपसचिवद्वयमा किशोर थापा निर्मला सुनुवार विजयी हुनुभएको छ ।