detail-img

सदस्यता नवीकरण विषयमा अभिमुखीकरण  

९ जेठ (२०८१), सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेशमा सूचना प्रविधि (आईटी) तथा पार्टी सदस्यता नवीकरण विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 
नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा कर्णाली प्रदेशको पार्टी कार्यालय सुर्खेतमा बुधबार आयोजित अभिमुखीकरणको पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले उद्घाटन गर्नुभएको थियो । 
कार्यशालामा कर्णाली प्रदेशका दश वटै जिल्लाका कमिटी  अध्यक्ष, सचिव र सूचना प्रविधि (आईटी) हेर्ने जिम्मेवारीमा रहेका कमरेडहरूको सहभागिता रहेको थियो । 
अभिमुखीकरणमा अनलाइन प्रणाली र सदस्यता नवीकरण सम्बन्धी तालिम दिइएको थियो ।
सूचना प्रविधि (आईटी) र पार्टी सदस्यता नवीकरण सम्बन्धी तालिम क्रमशः अन्य प्रदेशहरूमा पनि दिने विभागको योजना रहेको छ । विभागले पार्टी सदस्यता शुद्धीकरण अभियान अन्तर्गत यो अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । अभिमुखीकरण यही जेठ २१ गतेसम्म सबै प्रदेशमा सम्पन्न गरिसक्ने कार्यतालिका बनाइएको छ ।