detail-img

अध्यक्ष ओलीद्वारा बुद्ध जयन्तीका अवसरमा शुभकामना

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा, २५६८औं बुद्ध जयन्ती । यस अवसरमा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सबैको मङ्गल होस् भनी शुभकामना दिनुभएको छ । 
अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुक पेजमार्फत शुभकामना व्यक्त गर्नुभएको हो । 
अध्यक्ष ओलीले आफ्नो शुभकामनामा लेख्नुभएको छ– 
बुद्धम् शरणं गच्छामि !
धम्मम् शरणं गच्छामि !!
संघम् शरणं गच्छामि !!!
सबैको जय होस्, मङ्गल होस्
बुद्ध जयन्तीको शुभकामना !