detail-img

सुनसरीको जिल्ला अध्यक्षमा खनाल निर्वाचित

१० जेठ (२०८१), सुनसरी । नेकपा (एमाले) सुनसरी जिल्लाको  अध्यक्षमा निलम खनाल निर्वाचित हुनुभएको छ । 
सुनसरी जिल्लाको आठौं अधिवेशन अन्तर्गत भएको निर्वाचनको बुधबार सम्पन्न मतगणना परिणामअनुसार खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँसँगै खेमराज पोखरेल अध्यक्षको प्रतिस्पर्धामा हुनुहुन्थ्यो । 
जिल्लाका पाँचै जना पदाधिकारी निर्वाचनबाट छानिनुभएको छ । सो अनुसार उपाध्यक्षमा पर्शुराम यादव र सचिवमा राम कोइराला निर्वाचित हुनुभएको छ भने उपसचिवद्वयमा  इन्द्रकला राई र यामकुमार सुब्बा निर्वाचित हुनुभएको छ ।