detail-img

अध्यक्ष ओलीद्वारा न्यूरो अस्पताल उद्घाटन 

१० जेठ (२०८१), सुनसरी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको भोक्राहा नरसिंह–४ मा सञ्चालनमा ल्याइएकोे सप्तकोशी न्यूरो अस्पतालको उद्घाटन गर्नुभएको छ । 
डाक्टर रामबाबु गिरीले ६० करोड रुपियाँ लागतमा खोल्नुभएको  अस्पतालले न्यूरो सर्जरी सहितका अन्य सबै सेवा दिने बताइएको छ । 
पूर्व राज्यमन्त्री थारुसहित कांग्रेस कार्यकर्ता एमालेमा 
यसैबीच, अध्यक्ष ओलीले सुनसरीको दुहबीमा पूर्वराज्यमन्त्री सुमित्रा थारुसहित नेपाली काँग्रेस परित्याग गरी एमाले प्रबेश गरेका ५० जनालाई एमालेमा स्वागत गर्नुभयो । 
यसअघि मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा चन्द्रनगर पूर्वाञ्चल बिश्वबिद्यालय महेश्वर सुब्बा मार्ग हुँदै लाटिझोडा पुग्ने सडकखण्डको शिलान्यास गर्नुभएको थियो ।