detail-img

प्युठान जिल्ला अध्यक्षमा विष्ट, मकवानपुरमा पोखरेल

२२ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले) प्युठान जिल्ला कमिटीको अध्यक्षमा विजयविराज विष्ट निर्वाचित हुनुभएको छ । 
जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा विष्ट निर्वाचित हुनुभएको हो । विष्टको यो दोस्रो कार्यकाल हो । 
यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा माधव शर्मा पौडेल निर्वाचित हुनुभएको छ । सचिवमा इन्द्रमणि पोखरेल र उपसचिवद्वयमा हिरामणि भण्डारी र इश्वरा आचार्य निर्विरोध निर्वाचित हुनुभएको छ । ८९ सदस्यीय जिल्ला कमिटीका सबै सदस्यहरू सर्वसम्मत निर्वाचित भएका छन् । 
अधिवेशनको यही जेठ २० गते पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभएको थियो । 


यसैगरी नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित हुनुभएको छ । 
सोमबार घोषणा गरिएको निर्वाचन परिणाम अनुसार  अध्यक्षका चारजना प्रतिस्पर्धीमध्ये पोखरेल निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा हिदम लामा निर्वाचित हुनभएको छ । सचिवमा सीता विष्ट र उपसचिवद्वयमा  फुर्वा लामा र आरती पाठक विजयी हुनुभएको छ ।