detail-img

रूपन्देहीको १०औं  जिल्ला अधिवेशनः गैरेको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी 

२५ जेठ (२०८१), बुटवल । नेकपा  (एमाले) रूपन्देहीको १०औं अधिवेशनबाट अध्यक्ष लगायत सिङ्गो जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको छ ।  
अध्यक्षमा यज्ञ गैरेसहित सबै (१५१) पदमा सर्वसम्मत भएको अध्यक्षमण्डलका संयोजक दलबहादुर रानाले बताउनुभयो । 
उपाध्यक्षमा हितराज पन्थी, सचिवमा चित्रबहादुर कार्की, उपसचिवद्वयमा बाबुराम पन्थी र  सुनिता ठठेर सर्वसम्मत भए ।
शुक्रबार घोषणा सभामा पार्टीका सचिव छविलाल विश्वकर्माले सर्वसम्मत नेतृत्व छनौटले सकारात्मक सन्देश दिएको बताउनुभयो । 
कार्यक्रममा नेकपा (एमाले) लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेल, केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष नेत्र पन्थी, पोलिटब्युरो सदस्यहरू लिला गिरी, खिमलाल भट्टराई लगायतले नवनिर्वाचित कमिटीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । सम्मेलनले २१ बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ ।