detail-img

माओवादी केन्द्रका उपाध्यक्ष सापकोटा एमालेको केन्द्रीय कार्यालयमा

२५ जेठ (२०८१), काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले नेकपा (एमाले) केन्द्रीय कार्यालय अवलोकन गर्नुभएको छ । 
नेकपा (एमाले)को सूचना प्रणाली र कार्यालय व्यवस्थापनको अध्ययन गर्न उपाध्यक्ष सापकोटा शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासल पुग्नुभएको हो । 
उहाँलाई नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले केन्द्रीय कार्यालय व्यवस्थापनबारे जानकारी गराउनुभएको थियो ।