detail-img

नुवाकोट जिल्ला अध्यक्षमा पुनः मैनाली

२६ जेठ (२०८१), काठमाडौं । नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको अध्यक्षमा बद्री मैनाली निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीको आठौं अधिवेशनबाट उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । नेतृत्वका लागि एकभन्दा बढी आकाङ्क्षी देखिएपछि पाँचै जना पदाधिकारीका लागि निर्वाचन भएको थियो । 
अधिवेशनबाट जिल्ला कमिटीको उपाध्यक्षमा राजेन्द्ररमण खनाल र सचिवमा शिव चित्रकार निर्वाचित हुनुभएको छ । उपसचिवद्वयमा राजेन्द्रप्रकाश पाण्डे र रुपा सापकोटा निर्वाचित हुनुभएको छ ।