detail-img

नेकपा (एमाले) काठमाडौं जिल्ला अध्यक्षमा पुनः निरौला 

काठमाडौं । नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको अध्यक्षमा  दीपक निरौला निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीको सातौं अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मङ्गलबार भएको मतदानबाट निरौला दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षलगायत पदाधिकारीमा निर्वाचन भएको थियो । अध्यक्षका अर्का उम्मेदवार निर्मल देउला हुनुहुन्थ्यो ।
यसैगरी उपाध्यक्षमा विश्वराम सापकोटा, सचिवमा राजेश शाक्य र उपसचिवमा उद्धव भण्डारी निर्वाचित हुनुभएको छ ।
समावेशी कोटा अन्तर्गतको महिला उपसचिवमा विन्दु महर्जन सर्वसम्मत निर्वाचित हुनु भएको छ । 
काठमाडौं जिल्ला कमिटी २२५ सदस्यीय रहेको र सोमध्ये १३० पदमा निर्विरोध र ९५ पदका लागि निर्वाचन भएको हो ।