detail-img

खेलकूद महासङ्घको बैठक तथा प्रशिक्षण 

५ असार (२०८१), काठमाडौं । नेपाल खेलकुद महासंघ स्थायी कमिटी बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम काठमाडौंमा शुरू भएको छ । बैठक तथा प्रशिक्षणको नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मङ्गलबार शुभारम्भ गर्नुभयो । 
बैठकमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराई, नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं महासंघका इन्चार्ज कर्णबहादुर थापा, नेकपा (एमाले) केन्द्रीय कमिटी सदस्य रचना खड्का लगायतका नेताहरूको सहभागिता थियो ।
कार्यक्रममा महासचिव पोखरेलले पार्टीको ‘दशौं महाधिवेशनको कार्यदिशा र जनताको बहुदलीय जनवाद’ विषयमा प्रशिक्षण दिनुभएको थियो । 
त्यस्तै डा. राजन भट्टराईले भूराजनीति तथा कूटनीतिक सम्बन्धका बारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै, पार्टीका केन्द्रीय सदस्य रचना खड्काले जनसङ्गठन र पार्टीबीचको अन्तर सम्बन्धका बारेमा प्रशिक्षण दिनुभयो । आज पनि नेताहरूले विभिन्न विषयमा प्रशिक्षण दिने महासंघका केन्द्रीय कोषाध्यक्ष उज्वल सुवेदीले जानकारी दिनुभयो । बैठक तथा प्रशिक्षण कार्यक्रम भोलिसम्म चल्ने छ । महासंघका नेताहरूलाई वैचारिक रूपमा सबल बनाउन तथा बुझाइमा एकरूपता कायम गराउनका लागि प्रशिक्षण आयोजना गरिएको सुवेदीले बताउनुभयो ।