detail-img

योग दिवसमा कार्यक्रम 

६ असार, (२०८१), काठमाडौं । नेकपा (एमाले)ले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भोलि असार ७ गते योग दिवस कार्यक्रम आयोजना गरेको छ । 
अध्यक्ष केपी शर्मा ओलीको विशेष उपस्थिति रहने उक्त कार्यक्रममा योगगुरुहरूबाट मानव जीवनमा योगको महत्वका बारेमा प्रवचनका साथै योगाभ्यासको समेत प्रस्तुति रहने छ । 
कार्यक्रम भृकुटीमण्डप, प्रदर्शनी हलमा दिउँसो १ बजे शुरू हुने छ ।