detail-img

उद्योग व्यवसाय विशेष जिल्ला कमिटी अध्यक्षमा पुनः घिमिरे 

६ असार (०८१), काठमाडौं । नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको अध्यक्षमा गोविन्दप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ ।
जिल्ला कमिटीको दोस्रो अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा घिमिरे दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि अर्का आकाङ्क्षी यमप्रसाद तिवारी हुनुहुन्थ्यो । निर्वाचनमा दुबै उम्मेदवारले बराबर मत प्राप्त गर्नुभएपछि गोला प्रक्रियाबाट घिमिरे निर्वाचित हुनुभएको थियो ।  
जिल्ला कमिटीको उपाध्यक्षमा माधव भट्टराई, सचिवमा राजेन्द्र भण्डारी र उपसचिवद्वयमा जीवन थापा र मलिसा लिम्बू (निर्विरोध) निर्वाचित हुनुभएको छ ।