detail-img

खेलकुद महासंघको प्रशिक्षक प्रशिक्षण सम्पन्न

७ असार ( २०८१), काठमाडौं । नेपाल खेलकुद महासंघको स्थायी कमिटीको बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम बिहीबार काठमाडौं सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रम नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवालीले समापन गर्नुभयो । तीनदिने प्रशिक्षणका सहभागीलाई उपमहासचिव ज्ञवालीले प्रमाणपत्र वितरण गर्नुभयो । 
समापन कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले वैचारिक रूपमा प्रतिबद्ध कार्यकर्ताले मात्र सङ्गठनको कामलाई सही रूपमा अघि बढाउन सक्ने बताउनुभयो । 
त्यसैले प्रशिक्षणका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र तलसम्म लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रशिक्षक प्रशिक्षण तालिम लिएका सहभागीले प्रशिक्षण कार्यक्रमलाई तलसम्म लैजाने उहाँले विश्वास पनि व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको मङ्गलबार पार्टीका महासचिव शंकर पोखरेलले शुभारम्भ गर्नुभएको थियो । सहभागीलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं विदेश विभाग प्रमुख डा.राजन भट्टराई, नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं महासंघका इन्चार्ज कर्णबहादुर थापा, पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय कमिटी सदस्य रचना खड्का लगायतले प्रशिक्षण दिनुभएको थियो ।