detail-img

‘सदस्यहरू नै पार्टीका सम्पत्ति’ 

१२ असार (२०८१), काठमाडौं । नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले पार्टीको सम्पत्ति भनेकै पार्टीका सदस्यहरू भएका बताउनुभएको छ ।
मङ्गलबार नेकपा (एमाले) रामेछाप खाँडादेवी गाउँपालिका कमिटीको नयाँ निर्वाचित नेतृत्वको शपथग्रहण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै ढुङ्गेलले पार्टी सदस्यता पार्टीको प्रमुख पुँजी भएकाले त्यसलाई उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । 
उहाँले पार्टी सदस्यता नवीकरणको काम तत्काल सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष ढुङ्गेलले २०८४ मा हुने निर्वाचनमा पार्टीले बहुमतका साथ सरकार सञ्चालन गर्ने गरी विजय प्राप्त गर्न अहिलेदेखिनै योजना बनाएर काम गर्न र निरन्तर जनताको बीचमा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं संगठन विभाग सचिव माधव ढुङ्गेलले हरेक सदस्यले लाभको पदको अपेक्षा नगरी लाग्दा मात्र पार्टीलाई सही गन्तव्यमा पु‍र्याउन सकिने बताउनुभएको छ ।
उहाँले पदले मात्र सम्मान प्राप्त हुन्छ भन्ने कुरा सत्य नभएको बताउँदै सम्मानको लागि त्याग र समर्पण आवश्यक रहेको बताउनुभयो । त्यो समर्पण भाव नेकपा एमालेका नेता, कार्यकर्तामा रहेको उहाँले स्पष्ट पार्नुभयो ।