detail-img

सरकारलाई दिएको समर्थन फिर्ता 

२० असार (२०८१), काठमाडौं । वर्तमान सत्ता समीकरणको प्रमुख दल नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । 
अध्यक्ष केपी शर्मा ओलीले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई  पत्र पठाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउनुभएको हो । अध्यक्ष ओलीले लेख्नुभएको पत्रमा राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
समर्थन फिर्ताको पत्र पार्टीका सचिव एवं उपप्रधान तथा भौतिक योजनामन्त्री रघुवीर महासेठले प्रधानमन्त्री ‘प्रचण्ड’लाई हस्तान्तरण गर्नुभएको थियो ।
यसैबीच सरकारलाई दिएको समर्थन फिर्तासँगै नेकपा (एमाले)बाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिनुभएको छ । वर्तमान सरकारमा नेकपा (एमाले)बाट महासेठको नेतृत्वमा ज्वालाकुमारी साह, पदम गिरी, भगवती चौधरी, दामोदर भण्डारी, बलराम अधिकारी, राजेन्द्र राई र हरिप्रसाद उप्रती मन्त्री हुनुहुन्थ्यो ।