detail-img

बरिष्ठ उपाध्यक्ष पोखरेल कतार प्रस्थान

२ साउन, (२०८१), काठमाडौं । नेकपा (एमाले)का बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रवासी नेपाली मञ्च कतारको सातौं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्न आज कतार प्रस्थान गर्नुभयो ।
पर्सि शुक्रबार अल डल्ला ड्राइभिङको सभा हलमा बिहान ११ बजेबाट शुरू हुने अधिवेशनलाई प्रमुख अतिथिका रूपमा पोखरेलले सम्बोधन गर्नुहुने छ । 
उहाँ पाँच दिनपछि स्वदेश फर्किने कार्यक्रम छ । बरिष्ठ उपाध्यक्ष पोखरेलसँगै नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा पनि कतार प्रस्थान गर्नुभएको छ । अधिवेशनमा सहभागी हुन नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरिया यसअघि नै कतार पुगिसक्नुभएको छ ।
अधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न अफसर अलि खानको संयोजकत्वमा अधिवेशन आयोजक समिति गठन गरिएको छ ।