detail-img

बरिष्ठ अधिवक्ता बडाल महान्यायाधिवक्ता नियुक्त

३ साउन,(२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा बरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । नवनियुक्त महान्यायाधिवक्ता बडालले आज पद तथा गोपनीयतको शपथ ग्रहण गर्नुभएको छ । 
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १५७ (२) बमोजिम बडाललाई बुधबार महान्यायाधिवक्ता नियुक्त गर्नुभएको थियो । 
आज राष्ट्रपति भवन (शीतल निवास)मा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।
यसअघि उहाँ नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कानुन विभाग प्रमुख हुनुहुन्थ्यो ।