detail-img

पूर्व राज्यमन्त्री यादव एमालेमा

२० साउन (२०८१), काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा मधेस प्रदेशका पूर्व राज्यमन्त्री नागेन्द्र राय यादव  नेकपा (एमाले)मै फर्कनुभएको छ ।
रौतहट जिल्लाका एकीकृत समाजवादीका नेता यादव आइतबार करिव दुईदर्जन युवा कार्यकर्तासहित एमालेमै फर्कनुभएको हो । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो ।
उहाँहरू नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा आइतबार आयोजित कार्यक्रममा एमालेमा प्रवेश गर्नुभएको हो ।