६ भदौ(२०८१), काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संसदीय विभागको बैठक बसेको छ । पार्टीको नयाँ कार्यविभाजन बमोजिम सचिव योगेश भट्टराईले विभाग प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएपछिको यो पहिलो बैठक हो ।
बैठकमा महासचिव शंकर पोखरेलले कामका बारेमा दिशा निर्देश गर्नुभएको थियो भने विभागका पूर्व प्रमुख तथा उपमहासचिव पृथ्वी सुब्बा गु?ङले आफ्ना अनुभवहरू साझा गर्नुभएको थियो ।
पार्टीको संसदीय क्षेत्रको कामलाई प्रभावकारी बनाउन आगामी बैठकबाट वार्षिक कार्ययोजना बनाई अघि बढ़ने निर्णय गरिएको सचिव तथा विभाग प्रमुख भट्टराईले बताउनुभयो ।