७ भदौ(२०८१), सुनसरी । जनता समाजबादी पार्टीका सुनसरी जिल्ला अध्यक्ष रबिन राई लगायत ५१ जना नेताहरू नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
उहाँहरूलाई नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले आज खादा र टीका लगाई पार्टीमा स्वागत गर्नुभयो ।
नेकपा (एमाले) सुनसरीको नवनिर्वाचित कमिटीको पहिलो बैठकका अवसरमा जसपा प्रदेश सदस्य कृष्ण लिम्बु, जिल्ला सदस्यहरू मिश्रा गुरुङ, अमित चन्द्रबंशी, रामभजन मेहता, सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र स्ववियु उपसभापति टेकनाथ काफलेसहित ५१ जना नेकपा (एमाले)मा प्रवेश गर्नुभएको हो ।
अव आफनै नेतृत्वमा पालिका–पालिकाबाट सयौं जसपा कार्यकर्ता एमाले प्रबेश गर्ने नवप्रवेशी जसपा जिल्ला अध्यक्ष राईले बताउनुभयो ।
बैठकमा सुनसरी इन्चार्ज जगदीश कुसियत, पूर्वमन्त्री भगवती चौधरी नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, पूर्व जिल्ला अध्यक्ष रेवती भण्डारी लगायतले सम्बोधन गर्नुभएको थियो ।