detail-img

नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको सोह्रौं बैठक सम्पन्न

७ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक कमिटीको सोह्रौंँ बैठक नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष तथा प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्यो । 
बैठकले ‘संविधान कार्यान्वयनको १० वर्षः अनुभव, चुनौती र अबको बाटो’  विषयमा छलफल चलाउने निर्णय गरेको छ । बैठकले प्रतिष्ठानको डेस्क अन्तर्गत केही पुनर्संरचना गर्नुका साथै डेस्कहरूले तयार गरेका कार्यपत्रहरू पार्टी पङ्क्तिसामु प्रस्तुत गर्ने निर्णय पनि गरेको प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष रेग्मीले जानकारी दिनुभयो ।