९ भदौ (२०८१), काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय जलस्रोत विभाग सदस्य प्रा. डा. मोजराज बगाले नेकपा(एमाले)मा प्रवेश गर्नुभएको छ ।
यसैगरी सो पार्टीका कर्णाली प्रदेश सदस्य जनम हमाल र कर्णाली प्रदेश सम्पर्क समन्वय कमिटी सदस्य कर्णबहादुर शाही पनि आजै नेकपा (एमाले)मा प्रवेश गर्नुभयो ।
पार्टीका महासचिव शंकर पोखरेलले उहाँहरूलाई आज पार्टी कार्यालय, च्यासलमा खादा लगाई स्वागत गर्नुभयो ।
गोरखाको भीमसेन थापा नगरपालिका–१ का स्थायी बासिन्दा बगाले विद्यार्थी राजनीतिबाट अगाडि बढ्नुभएको हो । उहाँ अमृत साइन्स क्याम्पस, लैनचौरका अनेरास्ववियुबाट स्ववियु सभापति हुनुभएको थियो । प्रा.डा. बगाले नेपाल पिएचडि फाउण्डेशनका उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँसँग नेपाल, चीन र अमेरिकाका विश्वविद्यालयमा अध्यापनको अनुभव रहेको छ ।