detail-img

एकीकृत समाजवादीका डेढसय अगुवा कार्यकर्ता एमालेमा

२३ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले) कास्कीले ‘पार्टी समाहित एवं घर फर्क कार्यक्रम’ मार्फत् नेकपा एकीकृत समाजवादीका डेढ सयभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गरेको छ ।
यसरी पार्टी प्रवेश गर्नेमा एकीकृत समाजवादी गण्डकी प्रदेश सदस्य भरत बहादुर बस्नेत, जिल्ला कमिटी कास्कीका सदस्यहरू तुलसी दाहाल, उमा थापा, अन्नपूर्ण गाउँ कमिटी अध्यक्ष भरतप्रसाद देवकोटा, डिलाराम लामिछाने, कोपिला कार्की, डिल्ली गौतम लगायत रहेको नेकपा (एमाले) कास्कीले जनाएको छ । एकीकृत समाजवादीका अलावा माओवादी केन्द्र र रास्वपाका कार्यकर्तासमेत एमालेमा प्रवेश गरेको बताइएको छ । उहाँहरूलाई एमाले स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं एमाले गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारी, केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज कृष्ण थापा लगायतका नेताले पार्टीमा स्वागत गर्नुभयो ।