detail-img

परराष्ट्र नीतिमा साझा धारणा बनाउन दलहरूबीच छलफल, परामर्श थालिने

२५ भदौ (२०८१), काठमाडौं । नेकपा (एमाले)ले नेपालको परराष्ट्र नीतिमा दलहरूबीच साझा धारणा निर्माण गर्न पहलकदमी लिने भएको छ । नेकपा (एमाले) परराष्ट्र मामिला विभागको हिजो (सोमबार) बसेको बैठकले उक्त निर्णय गरेको हो । पार्टीका सचिव तथा विभाग प्रमुख रघुवीर महासेठको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि प्रमुख तथा विभिन्न राजनीतिक दलका विदेश विभागको जिम्मेवारीमा रहनुभएका व्यक्तिहरूसँग छलफल, परामर्श गरिने भएको छ । बैठकले विभागको बार्षिक कार्ययोजना पनि पारित गरेको छ ।