११ मङ्सिर (२०८१), काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको भन्नुहुँदै अहिलेको सरकार जनताको सरकार भएको बताउनुभएको छ ।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष ओलीले वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिंडेको सरकार भएको स्पष्ट गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ– सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ । अब कसैले अनाथ भएँ भन्नु पर्दैन । अनाथ हुनु दुःखको कुरा हो । तर, अब अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन । मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन । त्यसका निम्ति राज्य छ र सरकार छ ।
हरेक नागरिक सचेत हुनुपर्दछ र आफूले सामाजिक सुरक्षाको सन्दर्भमा योगदान पनि गर्नुपर्दछ भनेर आफूले योगदानमा आधारित सामाजिक सुरक्षाको एउटा नयाँ र उन्नत अवधारणाको सुरुवात गरेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको वर्तमान सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आज सामाजिक सुरक्षा दिवसका अवसरमा कसैलाई पनि एक्लो महसूस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रह गर्नुभएको छ ।
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास भएको र यसभित्र हाम्रा अभिभाराहरू हामीले उपयुक्त ढङ्गले बुझ्न जरूरी रहेको उल्लेख शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
शुभकामना यस प्रकार छः