३० मङ्सिर (२०८१), बझाङ । नेकपा (एमाले) बझाङको अध्यक्षमा दिलबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।
बझाङ जिल्ला कमिटीको आठौं अधिवेशनबाट भण्डारी अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्षमा अर्को उम्मेदवार कलकबहादुर खड्का हुनुहुन्थ्यो ।
यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लालबहादुर विष्ट निर्वाचित हुनुभएको छ ।
आकाङ्क्षी एकभन्दा बढी भएपछि पदाधिकारीहरू सबैमा निर्वाचन भएको थियो । सो अनुसार, सचिवमा नयनबहादुर बोहरा, उपसचिव दुई जनामा पंकज भण्डारी र राधा बिष्ट खत्री निर्वाचित हुनुभएको छ ।