detail-img

डोटी जिल्ला कमिटी अध्यक्षमा मलासी निर्वाचित

२ पुस (२०८१), काठमाडौं । नेकपा (एमाले) डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको छ । 
नेकपा (एमाले) डोटी जिल्ला कमिटीको नवौं अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको आज बिहान सार्वजनिक भएको परिणाम अनुसार मलासी २१५ मत ल्याएर अध्यक्ष निर्वाचित हुनुभएको हो । 
अध्यक्षमा प्रतिस्पर्धी शेरबहादुर मल्लले १७१ मत प्राप्त गर्नुभयो । जिल्ला कमिटीको उपाध्यक्षमा खगेन्द्र बढैला निर्वाचित हुनुभएको छ । 
त्यसैगरी,सचिवमा पदमराज भट्ट, दुईजना उपसचिवमा डम्बरसिंह डौडी र बिस्ना सिंह निर्वाचित हुनुभएको छ । जिल्ला कमिटीका पाँचै पदाधिकारीमा एकभन्दा बढी आकाङ्क्षी भए पछि निर्वाचन भएको थियो ।