detail-img

नेकपा (एमाले) बाग्मती प्रदेश कमिटीले तीन महिने जराकेन्द्रित अभियान सञ्चालन गर्ने

१४ माघ (२०८१), ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेश कमिटीको सचिवालय बैठक तीनमहिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने लगायत विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको छ ।
पार्टीका स्थायी कमिटी सदस्य एवम् प्रदेश इन्चार्ज डा.राजन भट्टराईको उपस्थितिमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलको अध्यक्षतामा भएको बैठकले प्रदेशभर तीनमहिने जराकेन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गर्दै सम्पन्न भएको प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभाग प्रमुख भक्त कुमारी लामाले जानकारी दिनुभयो ।
बाग्मती प्रदेश कार्यालय, च्यासलमा बसेको बैठकले प्रदेशका १३ वटै जिल्लामा एकैसाथ सञ्चालन गर्न लागिएको अभियानको अनुगमन गर्ने जिम्मेवारी प्रदेश इन्चार्ज भट्टराई र प्रदेश कमिटीका पाँच पदाधिकारीलाई दिएको छ ।
नेकपा (एमाले)को विधानको धारा ७० बमोजिम नियमित बैठक आयोजना गर्ने, कम्तीमा तीन महिनामा जिल्ला कमिटीको दुई र पालिका तथा वडा कमिटीको तीन पटक अनिवार्य रूपमा बैठक राखिने छ ।
अभियानका क्रममा नेकपा (एमाले) बाग्मतीले ‘पुराना जगाऊँ, नयाँ बढाऊ’ आमा समूहसँग अखिल नेपाल महिला संघ (अनेमसंघ) अभियान भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।
बैठकले सदस्यता नवीकरण र विस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरू, जनतासँग जनसङ्गठन, युवा नेतृत्व विकासको कामः जेन जीसँग पार्टी अभियान, वैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरूलाई अभियानसँगै जोडेर लैजाने निर्णय गरेको छ । 
बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र नेकपा (एमाले)का विरुद्ध भएको श्रङ्खलावद्ध साइवर हमलाको प्रतिवाद गर्ने सम्बन्धमा पनि बैठकले विषेश योजना बनाएको बैठकपछि लामाले जानकारी दिनुभयो ।