२२ माघ (२०८१), सिन्धुली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिनसहित दर्जन नेता–कार्यकर्ता नेकपा (एमाले)मा समाहित भएका छन् ।
नेकपा (एमाले) सिन्धुलीको तीन महिने ‘पुराना जगाउँ , नयाँ बढाऊ’ अभियानको अभिमुखीकरण कार्यक्रमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शान्ता पाख्रिन र बाग्मती प्रदेश सदस्य गीता कटुवाल लगायत नेता कार्यकर्तालाई आज नेकपा (एमाले) बाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल र केन्द्रीय सदस्य एबम् जिल्ला इन्चार्ज मनोज जङ्ग थापाले स्वागत गर्नुभयो ।
यसैगरी नेकपा एसका जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक सङ्गठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र मायादेवी थापा, विजिता कटुवाल पनि नेकपा (एमाले)मा फर्किनुभएको छ ।
नवप्रवेसी नेताहरूले नेकपा एसको औचित्य सकिएको र देशमा एमालेको विकल्प नरहेको निष्कर्षसहित पुरानो घरमै फर्किएको बताउनुभएको छ ।
सो कार्यक्रममा केन्द्रीय सदस्यहरू गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकोटा लगायत नेताहरू हुनुहुन्थ्यो ।
नेकपा (एमाले) बाग्मतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ ।