detail-img

प्रधानमन्त्रीद्वारा उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष पौडेलको  स्वास्थ्य अवस्थाबारे जानकारी

४ फागुन (२०८१), काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुर वर्न अस्पतालमा पुगी त्यहाँ उपचाररत उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । 
प्रधानमन्त्री ओलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी लिनुभएको छ । प्रधानमन्त्री ओली प्रथम महिला राधिका शाक्यसहित अस्पताल पुग्नुभएको  हो । 
उपचारमा संलग्न चिकित्सकले उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्यको स्वास्थ्य अवस्था तथा उपचार प्रक्रियाबारे जानकारी गराउनुभएको थियोे । 
उपप्रधानमन्त्री पौडेल र नगरप्रमुख आचार्य पोखरामा शनिबार एक कार्यक्रमको उद्घाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको सघन उपचार कक्षमा  शनिबार भर्ना हुनुभएको थियोे । यसैगरी, प्रधानमन्त्री ओलीले केही दिनअघि कमलपोखरीस्थित शानदार मःमः सेन्टरमा ग्यास सिलिण्डर विस्फोटमा घाइते भई सोही अस्पतालमा उपचाररतहरूको स्वास्थ्य अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।