detail-img

मधेश प्रदेशमा यादव संसदीय दलको नेता 

जनकपुरधाम । मधेश प्रदेश सभा नेकपा (एमाले) संसदीय दलको नेतामा केन्द्रीय सदस्य सरोजकुमार यादव चयन हुनुभएको छ ।
जनकपुरधाममाआज  विहान बसेको नेकपा (एमाले) प्रदेशसभा सदस्यहरूको बैठकले दलको नेतामा यादवलाई चयन गरेको हो ।

पार्टीका सचिव  तथा मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठ, पोलिटब्यूरो सदस्य जुलीकुमारी महतो तथा नवगठित सरकारका मन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा यादवलाई दलको नेता चयन गरिएको हो । 
उहाँ महोत्तरी निर्वाचन क्षेत्र नं. ४(१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । मधेस प्रदेशमा पहिलो पार्टी बनेको नेकपा (एमाले) का २३ सांसद हुनुहुन्छ ।