detail-img

‘भूकम्प पीडितहरूको जीवनरक्षाको उचित प्रबन्ध गरियोस्’

काठमाडौं । नेकपा (एमाले)ले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा नागरिकको जीवनरक्षाको अविलम्ब उचित प्रबन्ध गर्न माग गरेका छ । 
आइतबार प्रेस विज्ञप्तिमार्फत् जाजरकोटमा चिसोका कारण १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति  पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको उल्लेख गरिएको छ । 
हालसम्म चिसोका कारण मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ कि ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरकहादुर विक, जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका वडा नं ४ तल्याउनका केशव भडेल रहेको पार्टीले जनाएको छ । 
नेकपा (एमाले)ले समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।