detail-img

विकासका लागि सुदृढ राष्ट्रिय शक्ति आवश्यक

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को १५औं दिन २०८० मङ्सिर २८ गते तेह्रथुमको वसन्तपुरमा आयोजित  बृहत जनसभामा गर्नुभएको सम्बोधनको पूर्णपाठः
आज ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’को १५औं दिन । हामी बसन्तपुर (तेह्रथुम)मा आइपुगेका छौँ । यहाँ आइपुग्दा जुन उत्साह, जुन उमङ्ग र जाडो नभनी टाढाटाढाबाट, दुर्गम ठाउँबाट  जम्मा भएर तपाईंहरू यस कार्यक्रममा आउनुभएको छ, यो उत्साह र उमङ्ग देख्दा मलाई अत्यन्तै हर्ष लागेको छ । हामी यात्राका सिङ्गै टोलीको पनि यसबाट उत्साह बढेको छ । यहाँहरूले हाम्रो ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ टोलीलाई जुन माया दिनुभएको छ, जुन विश्वास गर्नुभएको छ, हामीप्रति जुन आत्मीयता जनाउनु भएको छ, जुन हार्दिकता जनाउनुभएको छ, जसरी स्वागत गर्नुभएको छ, त्यसका निम्ति म यहाँहरू सबैलाई हार्दिक धन्यवाद भन्न चाहन्छु, यहाँहरूमा आभार व्यक्त गर्न चाहन्छु । 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू !
हामीले झुलाघाटदेखि बसन्तपुरसम्म आइपुग्दाका १५ दिनमो हरेक प्रदेश र हरेक जिल्लामा, हरेक ठाउँमा यसै प्रकारका आम जनतामा अत्यन्तै उत्साह हामीले  देख्यौँ । यस्तै प्रकारको विश्वास हामीले देख्यौँ । यो नेपाली जनतामा हाम्रो देश हामी बिग्रिन दिँदैनौँ, हाम्रो देशको स्वाधीनता हामी तलमाथि पर्न दिँदैनौँ, हाम्रो देशको भौगोलिक अखण्डता, हाम्रो देशको राष्ट्रियता तलमाथि हुन दिँदैनौँ, कमजोर हुन दिँदैनाँै भन्ने सङ्कल्प तपाईंहरूको यस उत्साहमा प्रतिबिम्वित भएको छ । त्यसै गरेर हाम्रो देशको विकास हामीले गर्न सक्छौँ, विकास गर्न हामी शान्ति चाहन्छौँ भन्ने भावना प्रतिविम्बित भएको छ । 
हाम्रो देशमा सम्पूर्ण जनताको, सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूको चाहे हामी जुनसुकै जातका हाँै, चाहे समथर भूभागमा बस्ने हौँे, चाहे डाँडापाखामा वा हिमाली भेगमा बस्ने हौँ अथवा पूर्वमा होस् वा पश्चिममा, जहाँ बसे पनि हाम्रो समस्या एउटै छ– गरिबी, बेरोजगारी, विपन्नता, अभाव आदिजस्ता कुराहरू हामी सबैका साझा समस्या छन् । यी समस्या हामीले राजनीतिक रूपमा लोकतान्त्रिक गणतन्त्रलाई सही ढङ्गले कार्यान्वयन गरेर समाधान गर्नुपर्छ । हामीले संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौँ । अब यसलाई हामीले सुदृढ बनाउने, सही ढङ्गले कार्यान्वयन गर्ने र देशमा शान्ति सुव्यवस्था, सुशासन कायम गरेर, भ्रष्टाचार नियन्त्रण गरेर, कालाबजारी, तस्करी जस्ता कुराहरूलाई नियन्त्रण गरेर हामी सुशासन र विकासको बाटोतिर लाग्छौँ ।


विकासका लागि कृषिको आधुनिकीकरण
विकासका लागि हामीले कृषिको आधुनिकीकरण, व्यावसायिकीकरण, बजारीकरण, मेशिनीकरण गर्नु पर्दछ । त्यसका निम्ति अघि भर्खरै हामीले पाख्रिवासमा कृषि वैज्ञानिकहरूसँग पनि छलफल गरेर आयौँ । कृषि पढिरहेका विद्याथीहरूसँग पनि छलफल गर्यौँै । यसरी कृषिको सन्दर्भमा के गर्ने ? त्यहाँ हामीले अलिकति छलफल पनि ग¥यौ । पश्चिमदेखि पूर्वसम्म कुन ठाउँमा कस्तो विशेषता छ ? कुन ठाउँमा कस्तो फलपूmल हुनसक्छ ? त्यहाँको विशेषता के छ ? कहाँको हावापानी कस्तो छ ? त्यस ठाउँमा आधुनिक कृषिको विकास गर्नुपर्ने छ । जस्तो हावापानी र वातावरण छ, त्यसअनुसार खेतीपाती गर्नुपर्छ, माटोअनुसारको खेतीपाती गर्नुपर्छ । अब सानो मात्राको होइन, ठूलो मात्रामा सहकारीको माध्यमबाट उत्पादन एकै ठाउँमा गर्नु पर्दछ । अब नेपाल कानूनको राज हुनुपर्दछ, शान्तिपूर्ण नेपाल हुनुपर्दछ । एकताबद्ध, विकास र सुशासनको बाटोमा अगाडि बढेको नेपाल हुनुपर्दछ । उद्योगहरूको स्थापना, सञ्चालन, विभिन्न सामानहरू उत्पादन गर्ने र तयार गर्ने कम्पनीहरूको हामीले स्थापना र विकास गर्नु पर्दछ । 
हाम्रो नेपाल यति सुन्दर र ऐतिहासिकता भएको देश छ । दुनियाँमा ठूलाठूला देशहरू उपनिवेश हुँदा नेपाल उपनिवेश भएन, स्वतन्त्र भयो । अर्थात्, विश्वमा १९ वटा देश मात्रै स्वतन्त्र भएका बेला नेपाल एउटा स्वतन्त्र देश हो । त्यो गौरव हामीसँग छ । ज्ञानको सुरुवात यसै भूमिबाट भएको थियो । शिक्षाको सुरुवात यसै भूमिबाट भएको थियो । तर, यो भूमि आज पछाडि परेको छ । विकासको सुरुवात, आधुनिक युगमा प्रवेश यहीँबाट भएको थियो । कृषिबाट आधुनिक युगमा मानवजाति प्रवेश गरेको थियो । तर, कृषि प्रधान भनिएको देश आज धान, चामल सबै बाहिरबाट आयात गर्नुपर्ने, सागसब्जी समेत आयात गर्नुपर्ने अवस्थामा छ । 
म यहाँका जनतालाई धन्यवाद दिन चाहन्छु–कमसेकम तपाईंहरू यहाँ बन्दागोपी, काउली आदि तरकारी उत्पादन गरेर निर्यात गरिरहनु भएको छ । यस ठाउँका साथीहरूले सुन्तला लगायतका अन्य चिजहरू निर्यात गरिरहनु भएको छ । यहाँका साथीहरूले अलँैंची, अम्रिसो लगायत विभिन्न प्रकारका  सामग्रीहरू निर्यात गरिरहनु भएको छ । म तपाईंहरूलाई र तपाईंहरूको चेतनालाई धन्यवाद भन्न चाहन्छु । तपाईंहरूको यस कामले अरुलाई प्रेरणा मिलेको छ ।
हामी आफैँले आफ्नो गरिबी हटाउन निर्वाहमुखी होइन, निर्यात गर्ने परिणाममा उत्पादन गर्नु पर्दछ । गरिबी हटाउन र धनी हुनका लागि कृषि पेशा अपनाउनु पर्दछ । यतापट्टी हामी सबैको ध्यान जाओस् भन्ने म आग्रह गर्न चाहन्छु । 
त्यसैगरेर पश्चिमदेखि आउँदा हामीले आम जनताका समस्या के छन् भनेर सुन्यौ, अवस्था के छ सुन्यौ, उहाँहरूका कुरा सुन्यौ, उहाँहरूका समस्या सुन्यौ र उहाँहरूले समाधान के सुनाउनु हुन्छ भनी सोध्यौँ र त्यो पनि सुन्यौ । त्यसै गरेर हामीले आफ्ना सुझावहरू पनि दियौँ । हामीले डाक्टर, वकिल, पत्रकार, शिक्षक, अनेकसँग परामर्श गर्याँै, सरसल्लाह गर्यौँ । मजदुृर, कृषक, विद्यार्थी, व्यापारी, उद्यमीसँग, विभिन्न प्रकारका उद्योग सञ्चालन गर्ने, आधुनिक उद्योग सञ्चालन गर्ने विषयमा उहाँहरूसँग छलफल गर्यौँ । 
हामीले यात्रा गरिरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग– बाटो अप्ठ्यारो थियो, धेरै ठाउँमा खाल्डाखुल्डी भएका कच्ची थियो । यात्रा आरम्भ गर्नु अघिल्लो दिन समेत १६ दिन यात्रा गर्दा लामो दूरी यात्रा गरिए पनि हामी अहिले पनि उत्साहित छौँ किनभने हामीले आम जनतासँग भेट्याँै, आम जनताको उत्साह हेर्यौँ, आम जनताको विश्वास हेर्यौँ । आम जनताले जस्तो खालको उत्साहपूर्ण ढङ्गले हामीलाई सुझावहरू दिनुभयो, ती बहुमूल्य छन् । हामी त्यसका लागि धन्यवाद भन्न चाहन्छौँ । यस ठाउँमा आएर पनि हामीहरूले थुप्रै सुझावहरू प्राप्त गर्यौँ र विभिन्न ध्यानाकर्षण पत्रहरू, रायहरू, यहाँका समस्याहरूको ध्यानाकर्षणका पत्रहरू पनि प्राप्त गर्यौँ । ज्ञापन पत्र दिनुहुने सबैलाई म धन्यवाद भन्न चाहन्छु । 
देशमा अवाञ्चित र अराजनीतिक प्रवृत्तिहरू प्रकट भएका छन् 
जुनबेला नेकपा (एमाले)को सरकार थियो, त्यसबेला हामीले असाधारण ढङ्गले देशको विकास गरेका थियौँ । तर, दुर्भाग्यको कुरा अढाइ वर्ष अगाडि जब नेकपा (एमाले)लाई अनेक देशी विदेशी तत्वहरू मिलेर षडयन्त्रपूर्वक ढङ्गले हटाए, त्यसपछि यी अढाइ वर्षमा देश राजनीतिक रूपले अराजकतातर्फ, अस्थिरतातर्फ, अन्योलतर्फको अवस्थामा छ । देशमा अवाञ्चित प्रवृत्तिहरू प्रकट भएका छन् । राजनीतिक प्रवृत्ति होइन, अराजनीतिक प्रवृत्तिहरू, राजनीतिक मागहरू होइन, बेग्लै प्रकारका मागहरू प्रकट भइरहेका छन् । 
देशमा राजनीतिक अस्थिरता छ, कतिबेला सरकार ढल्छ, टुङ्गो छैन । ढल्न त यस्तो सरकार ढल्नु पर्छ । अब यो आफ्नै भारले, आफ्नै बोझले, आफ्नै निकम्मापनले यो सरकार ढल्दैछ । सरकार कहिले ढल्ला वा नढल्ला तर २०८४ मा चुनाव त आउँछ । २०८४ मा चुनावलाई ध्यानमा राखेर हामीले मिशन २०८४ भनेका छौँ । अब २०८४ मा निर्वाचन आउँदा नेकपा (एमाले) राष्ट्रिय शक्तिको सुदृढ हैसियतका साथ एकल बहुमत आउनु पर्दछ । एमालेको एकल बहुमतले मात्रै यो देशलाई र हाम्रो राष्ट्रियतालाई, स्वाधीनता र स्वतन्त्रतालाई जोगाउन, हाम्रो राष्ट्रिय हित र रक्षाको सम्वद्र्धन गर्न र हाम्रो राष्ट्रिय स्वाभिमानको झण्डालाई माथि उठाउन एमालेको सरकारले मात्रै सम्भव छ । राष्ट्रिय भावनाको, राष्ट्रिय शक्तिको स्वाभिमानी सरकारले मात्रै सम्भव छ । तसर्थ म यहाँहरूलाई आग्रह गर्न चाहन्छु– मिशन २०८४ यहाँहरूले बुझ्नु भएको छ । त्यही मिशन २०८४ को अङ्गको रूपमा अहिले हामी यो झुलाघाट–चिवाभञ्ज्याङ अभियान अगाडि बढाइरहेका छौँ ।
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू !
हाम्रो देश यति उर्वर, यति जीवनमय छ । अब यो देश सधै गरिब, सधै पछाडि परिरहन सक्दैन  । पछाडि परिरहन दिनु पनि हुँदैन । यो देशलाई गरिब रहन दिनु हुँदैन । त्यसका निम्ति अब हामीले ठोस कदम चाल्नुपर्ने बेला भएको छ । म आम नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई, सम्पूर्ण जनतालाई बिना आग्रह राष्ट्रिय शक्तिलाई सबल बनाउन, सुदृढ बनाउन र व्यापक बनाउन राष्ट्रिय शक्तिलाई कसैले पछार्न नसक्नेगरी अपारजित बनाउनु हुन मिसन २०८४ जरूरी छ । मिसन २०८४ लाई हामीले सफल पार्नुपर्ने छ । त्यसकारण म सबैमा यी कुराहरू आग्रह गर्न चाहन्छु ।
अहिले धेरै समय नलिऊँ, धेरै चिसो पनि भइरहेको छ । अहिले नेकपा (एमाले) आफ्ना निम्ति काम गरिरहेको छैन, देशका लागि काम गरिरहेको छ, जनताका लागि काम गरिरहेको छ, परिवर्तनका लागि काम गरिरहेको छ । गरिबी हटाउन काम गरिरहेको छ र यहाँहरूलाई थाहा छ– सम्पूर्ण नेपाली जनताको आकांक्षा, जसलाई हामी राष्ट्रिय आकांक्षा भन्छौँ– ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा त्यसलाई गन्तव्य बनाएर अगाडि बढेका छौँ । हामी अहिले मिसन २०८४ मा यसकारण लागिरहेका छौँ कि अब देशमा परिवर्तन आवश्यक छ, परिवर्तन आवश्यक भयो । यसर्थ यस परिवर्तनलाई साकार पार्न, परिवर्तनलाई यथार्थमा परिणत गर्न र दिगो ढङ्गले देशको विकास, देशको सुरक्षा, देशका निम्ति सुशासन अगाडि बढाउन एमालेले मात्रै सक्छ । 
दाजुभाइ दिदीबहिनीहरू !
मैले सार कुराहरू राखेको छु र यहाँहरूले बुझिसक्नु भएको छ । तसर्थ मैले अब धेरै लामो कुरा भनिरहनु पर्ला जस्तो लाग्दैन । सिङ्गै नेपाल एउटा वीरभूमि हो । किनभने यो राष्ट्र स्वाधीन यत्तिकै बनेन । दुनियाँमा घाम नअस्ताउने साम्राज्यवाद हुँदा कहिले पनि घाम नअस्ताउने उपनिवेशवाद हुँदा नेपालमा तिनीहरूको घाम अस्ताउथ्यो, सधैं घाम लाग्दैनथ्यो । किनभने उनीहरूले नेपाली बहादुर जातिलाई कहिल्यै पराजित गर्न सकेका थिएनन् । मैले अघि भनेँ– शिक्षाको सुरुवात यहाँ भएको हो, ज्ञानको सुरुवात यहाँ भएको हो, कृषिको सुरुवात यहाँ भएको हो, विकासको सुरुवात यहाँ भएको हो, आधुनिकताको सुरुवात यहाँ भएको हो । त्यस्तो ठाउँ आज केही सय वर्षदेखि पछाडि पर्यो । 
शासकीय अयोग्यता र भ्रष्ट मतिका कारण देश पछाडि पर्यो 
शासकीय अयोग्यता, शासकहरूको भ्रष्ट मतिका कारणले यो देश पछाडि पर्यो । शासकहरू आपूm केन्द्रित भएर सोच्ने, आपूm शासक भएर सोच्ने यस ढङ्गले देश पछाडि पर्यो । शासकहरूले देशका लागि सोचेनन्, आफ्ना लागि सोचे । हिजो त त्यस्तो भयो भयो, हामीले राणा शासन फाल्यौँ, राजतन्त्र फाल्याँै तर अहिलेका हामीले चुनेर पठाएका, यहाँबाट पनि हामीले चुनेर पठायौँै, अरुतिरबाट पनि चुनेर पठायौँ तर ती शासकहरू अहिले के गरिरहेका छन् ? क्विन्टलका क्विन्टल सुन एयरपोर्टबाट भित्रिन्छ । कति किलो सुन सिगरेट भनेर भित्रिन्छ । अरु कति किलो सुन दिनका दिन देशमा तस्करी भइरहन्छ । अरु यस्ता कति हो कति तस्करी भइरहेको छ । सुनिन्छ, अहिले एनसेल बेच्ने काम भइरहेको वा तयारी भइरहेको छ । त्यसमा सरकारको संलग्नता नहुने कुरै भएन । खर्बांै  मूल्य पर्ने कम्पनी केही अर्बमा विक्री हुँदैछ । देशलाई ठूलो घाटा पारेर बेच्दैछन् । अबको ३÷४ वर्षपछि आफैँ नेपाल सरकारको मातहतमा आउने त्यस कम्पनीलाई सरकारले जालझेल गरेर अर्को कम्पनीमा कौडीका मोलमा नामसारी गरेर त्यसलाई कमिशनतन्त्रको जालमा पारेर देशलाई खर्वौ नोक्शान पुर्याई लुटतन्त्र मच्चाइयो भन्ने कुरा बाहिर आइराखेको छ । सरकार बोल्न सकिराखेको छैन । यस्तो अवस्था छ । 
गलत बाटो लिएर सही ठाउँमा पुग्न सकिन्न 
यो सबै अवस्थाबाट हामीले कसरी देशलाई अगाडि बढाउने ? यस सन्दर्भमा नेकपा (एमाले) गम्भीर छ र अत्यन्तै गम्भीरताका साथ सोचिरहेको छ । यस्तो बेलामा म कतिपय साथीभाइहरूको गतिविधि देख्छु– संवैधानिक बाटोबाट, संवैधानिक तरिकाबाट, संवादको बाटोबाट टुङ्गिएको विषयमा चित्त नबुझे त्यही बाटोबाट टुङ्ग्याउनुपर्ने विषयलाई बल प्रयोग गरेर, एउटा पार्टी केन्द्रित गरेर, एउटा व्यक्ति केन्द्रित गरेर दुष्मनि देखाउने कुरा कुनै पनि हिसाबमा स्वस्थ र पवित्र ढङ्गले आएको छ भनेर बुझ्न सकिने ठाउँ छैन । त्यसरी मान्न सकिने ठाउँ छैन । त्यसकारण म सबैलाई भन्न, आग्रह गर्न चाहन्छु– शान्तिपूर्ण ढङ्गले आफ्ना कुरा राख्न, शान्तिपूर्ण ढङ्गले आफ्ना विचारहरूलाई प्रस्तुत गर्न र संवैधानिक बाटोबाट समाधान गर्नुपर्ने विषयहरू त्यसै बाटोबाट समाधान गर्नुपर्छ । 
गलत बाटो लिएर सही ठाउँमा कोही पनि पुग्दैन, कोही पनि पुगेको छैन । त्यसकारण गलत बाटोबाट सही ठाउँमा पुग्ने  भनाइ र सोच गलत हो । म आग्रह गर्न चाहन्छु– शान्तिबिना देश विकास हुँदैन र हामी नेपालीहरूको एकताबद्ध प्रयास बिना र एकताबिना देशको विकास हुँदैन । त्यसकारण हामी सबै एकताबद्ध प्रयासमा लागौँ, म सबैलाई आग्रह गर्न चाहन्छु । हिजो समाजवादी मोर्चा नामको वक्तव्य एकजनाको हस्ताक्षरसहित आएको देखियो । त्यसको खण्डन सरकारले गरेको मैले थाहा पाएको छैन । मोर्चाले खण्डन गरेको छैन ।  मोर्चाका अरु घटकले गरेका छैनन् तर सबैको तर्फबाट भनेर एक जनाले गरेको छ । अर्थात्, वितण्डा मच्चाउने कुरामा सरकारको नेतृत्वमा रहेका व्यक्तिहरू, संस्थाहरू पनि  संलग्न छन् भन्ने कुरा यसबाट देखिन्छ । 
बाटो विराएकाहरूलाई एमालेमा समाहित हुन आह्वान
जेहोस् हामी शान्तिपूर्ण ढङ्गले देशको विकास गर्नुपर्छ र अब नेकपा (एमाले) जाग्नु पर्दछ । एमालेमा सबै साथीहरू एकजुट हुनु पर्दछ । हिजो बाटो बिराएका साथीहरू विभिन्न समूहमा भूलबस, भ्रमबस गएका साथीहरू सबैलाई म नेकपा (एमाले)मा फर्किन आग्रह गर्न चाहन्छु । जसलाई संघीय लोकतान्त्रिक गणतन्त्र चाहिएको छ, आउनुस् नेकपा (एमाले)मा एकताबद्ध भएर अगाडि जाऊँँ । अरु विभिन्न पार्टीमा आबद्ध साथीहरूलाई पनि म आग्रह गर्न चाहन्छु– लोकतन्त्र चाहिएको छ भने एमालेले त्यसको रक्षा गर्छ, अगाडि बढाउँछ । एमाले अरुले दिएको लोकतन्त्रमा होइन, बलिदानपूर्ण सङ्घर्ष गरेर आपूmले ल्याएको लोकतन्त्रको रक्षाका लागि आज लडिरहेको छ । हाम्रो यो झुलाघाट–चिवाभञ्ज्याङ यात्रा यसै कुराको एउटा परिचायक हो कि हामी संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दछाँै, बेथिति अन्त्य गर्दछौँ र सुशासन, शान्ति र विकास यस बाटोबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पुग्छौँ । हाम्रो गन्तव्य समृद्ध नेपाल हो । सिङ्गै नेपाल समृद्ध हुनुपर्दछ । हरेक नेपाली समृद्ध हुनुपर्दछ, हरेक नेपाली सुखी हुनुपर्दछ । यो गन्तव्यका साथ अगाडि बढ्न म सबै  दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु । त्यो भनेको नेकपा एमालेमा संगठित होऔँ, एमालेमा संगठित भएर अगाडि बढौँ । यही आग्रह र अनुरोध गर्दै हामी यहाँ आइपुग्दा जुन आत्मियता, स्वागत यहाँहरूले देखाउनु भयो, जुन माया ममता देखाउनु भयो, जुन संकल्प देखाउनु भयो, त्यसका लागि फेरि धन्यवाद भन्न चाहन्छु । 
यहाँहरू यत्रो ठूलो सङ्ख्यामा यात्रामा सहभागी हुनुभएको छ । तपाईंहरूको यो अहिलेको उपस्थिति, यहाँ आउने कुरा, यहाँबाट फर्किने यी सबै कुराहरू, दिदीबहिनीहरूले कति माला उन्नु भएको होला, जहाँ पनि गाडीमाथि पनि मालैमाला देखिन्छ । यतै माला, उतै माला, तिहारमा जस्तै बसन्तपुर झिलिमिली भएको छ । दिदीबहिनीहरूको यो पवित्र भावनाले गर्नु भएको स्नेह, यस हाम्रो संकल्प यात्राको विभिन्न प्रकारको सहभागिताका निम्ति म धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु र यहाँहरू सबैमा सुस्वास्थ्य, सुख, समृद्धि र सफलताको कामना गर्दै आप्mनो भनाइ टुंग्याउँछु, धन्यवाद । सबैलाई धेरैधेरै शुभकामना !