detail-img

केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न


काठमडौँ । नेकपा (एमाले), केन्द्रीय कमिटीको तेस्रो बैठक सम्पन्न भएको छ । चैत ९ र १० गते आयोजित उक्त बैठकले ११ वटा कार्यसूचीमा छलफल गर्दै सर्वसम्मत्तिका साथ स्थानीय निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । 
बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत्तिले पारित गरेको छ । बैठकमा सातै प्रदेशका अध्यक्षहरुले आआफ्ना प्रदेशहरुको अवस्थाका बारेमा रिपोर्टिङ गर्नुभएको थियो भने महासचिव कमरेड शंकर पोखरेलले केन्द्रीय विभाग, आयोग र कार्यालयसम्बन्धी कामको रिपोर्टिङ गर्नुभएको थियो । 
बैठकमा केन्द्रीय विभागहरु यथाशीघ्र गठन गर्नुका साथै स्थानीय निर्वाचनका लागि उम्मेदवारहरुको मापदण्ड र सिफारिश प्रक्रिया पारित गरेको छ । साथै, घोषणापत्र तयारीका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलेको संयोजकत्वमा मस्यौदा कमिटी गठन, पार्टीको बार्षिक क्यालेन्डर तयारी, पार्टी स्थापना दिवस बनाउने, निर्वाचनमा केन्द्रीय नेतृत्व मूलतः भूगोलमा केन्द्रित रहने, सचिवालयका निर्णयहरुको अनुमोदन, लेखा तथा आर्थिक व्यवस्थापन विनियम पारित गरेको छ । त्यस्तै परराष्ट्र मामिला विभाग, केन्द्रीय पुस्तकालय तथा अभिलेख विभाग र राष्ट्रिय हित तथा सुरक्षा विभागबाहेकका विभागहरु तल्ला तहमा गठन गर्न सकिने, प्रवासी नेपाली मञ्चको विधान पारित र नवप्रवेशीहरुलाई जिम्मेवारी प्रदानका लागि संगठन विभाग र पार्टी स्कुल विभागले गृहकार्य गर्ने निर्णय भएको छ ।