detail-img

माओवादी त्यागेर धर्मदत्त देवकोटा र लक्की शेर्पासहितका नेताहरु पार्टी प्रवेश

काठमाडौं । स्थानीय तहको निर्वाचको मिति नजिकिदै जाँदा नेकपा (एमाले) प्रतिको आकर्षण बढेको छ । यही क्रममा नेकपा माओवादी केन्द्रका नेताहरु आज पार्टी प्रवेश गर्नुभएको छ । माओवादीबाट नेपालको कम्युनिष्ट आन्दोलनमाथि घात भएको निश्कर्षसहित उहाँहरु आज नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

माओवादी त्यागेर पार्टी प्रवेश गर्ने नेताहरुमा माओवादी केन्द्रीय सदस्य तथा सहकारी बिभाग प्रमुख धर्मदत्त देवकोटा, अष्ट्रेलियाका लागि पूर्वनेपाली राजदूत तथा संबिधानसभा सदस्य लक्की शेर्पा हुनुहुन्छ । देवकोटा र शेर्पा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । उहाँहरुसँगै लेखनाथ नगरपालिकाका पूर्वमेयर सालिकराम पौडेलसहित सागर ढकाल, डा. ल्हाक्पा शेर्पा, कोषबहादुर जिसी पनि एमाले प्रवेश गर्नुभएको छ ।

उहाँहरुलाई आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बिशेष कार्यक्रममा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीसहित शीर्ष नेताहरुलेस्वागत गर्नुभयो । पार्टी प्रवेश गर्नुहुने नेताहरुले माओवादी केन्द्रले राष्ट्रको हितबिपरितको काम गरिरहेको र कांग्रेसको पुच्छर बनेर कम्युनिष्ट आन्दोलन सकाउने अभियान चलाएकोले सो पार्टी त्यागेर एमाले रोजेको बताउनु भएको छ ।

यस्तो छ पार्टी प्रवेश गर्नुहुने नेताहरुको भनाई