detail-img

स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि पार्टीको केन्द्रीय घोषणापत्र सार्वजनिक भएको छ । केन्द्रीय कार्यालयबाट अध्यक्ष कमरेड केपी शर्मा ओलीबाट आज घोषणापत्र सार्र्वजनिक गरी जारी गरिएको हो । घोषणापत्रमा एमाले नेतृत्वको सरकारका पालामा भएका केन्द्र र स्थानीय तहका कामहरुको उपलब्धीलाई व्याख्या गर्दै परमादेशलाई जनादेशबाट बिस्थापित गर्ने अठोट लिइएको छ ।

घोषणापत्रमा अहिलेसम्म भएका काम र गर्न बाँकी कामका योजनासमेत घोषणापत्रमा समेटिएको छ भने  ‘सुखी ज्येष्ठ नागरिक, खुसी बालबालिका’ देखि ‘जनप्रतिनिधि शासक होइन जनताका सेवक’ बनाउने अठोट गरिएको छ । पार्टीको घोषणापत्रमा स्वास्थको विषयलाई दोस्रो प्राथमिकतामा राखिएको छ । त्यस्तै खानेपानी र सरसफाइ, उर्जाको विषयलाई प्रमुखताका साथ समेटिएको छ ।