cpnuml

राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाल

राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाल नेकपा एमाले सम्बद्ध बिभिन्न जनसंगठनहरु मध्येकोे एक महत्वपूर्ण जनसंगठन हो । स्वास्थ्य सेवा नागरिकको मौलिक  अधिकार हो भन्ने संवैधानिक व्यवस्थालाई आत्मसात गर्दै समतामूलक स्वास्थ्य सेवा प्रदान गर्न नेपालभर स्वास्थ्य सेवामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरुको पेशागत हक, हित र मर्यादाको संरक्षण र सम्बद्र्धन गरी  स्वास्थ्य सेवालाई विशेष सेवाको रुपमा स्थापित गर्दै सम्मानयुक्त  बनाउन साथै स्वास्थ्यसँग सम्वन्धित सबै स्तर र समूहका स्वास्थ्यकर्मीहरुको हक हित र अधिकारको लागि सम्पूर्ण स्वास्थ्यकर्मीहरुको एकीकृत संस्थाको रुपमा स्थापना भएको नेकपा एमालेको जनसंगठन हो । २०६२ जेष्ठ २७ गते राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नामबाट स्थापना भएको यस संगठन २०७८ चैत्र २६ गते काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट महासंघीय ढाँचामा गएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल राष्ट्रिय स्तरको ट्रेड युनियनको रुपमा स्थापना भएको संगठन हो । 

२०६२ जेष्ठ २७ मा काठमाडौंमा सम्पन्न भएको भेलाले डा. विदुर वस्तीको संयोजकत्वमा २५ सदस्यीय केन्द्रीय कमिटीे गठन गरेको थियो । यसको प्रथम महाधिवेशन २०६३ साल जेष्ठ २७ गते ‘स्वास्थ्य सेवा जनअधिकार हाम्रो सरोकार पेशागत, सशक्तीकरणका लागि ट्रेड युनियन अधिकार’ भन्ने नाराका साथ सम्पन्न भएको थियो । दोस्रो महाधिवेशन २०६७ फागुनको ६ र ७ गते ‘विचारमा स्वतन्त्रताः सेवामा आचार संहिता, स्वास्थ्य सेवामा आमूल सुधार, आजको आवश्यकता’ नाराका साथ काठमाडौंमा सम्पन्न भयो । तेस्रो महाधिवेशन २०७१ साल मंसिर १९ गतेदेखि २१ गतेसम्म ‘पेशागत सशक्तीकरणका लागि आधिकारिक ट्रेड युनियनः गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः हाम्रो अभियान’ नाराका साथ दाङमा सम्पन्न भएको थियो । चौथो महाधिवेशन २०७८ चैत्र २५ देखि २७ गतेसम्म ‘सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीको एकता, आम नागरिकको लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ काठमाडौंमा सम्पन्न भयो ।

राष्ट्रिय स्वाथ्यकर्मी महासंघ नेपाललाई अंग्रेजीमा ल्बतष्यलब िँभमभचबतष्यल या ज्भबतिज एचयाभककष्यलबकि, ल्भउब िर छोटकरीमा यसलाई ल्ँइज्भ्ए, ल्भउब िभनिन्छ । 

महासंघको उद्देश्यः

  • नेपालभित्रका स्वास्थ्य सेवामा संलग्न समस्त स्वास्थ्यकर्मीहरुको पेशागत हक हित र अधिकारको संरक्षण, सम्बद्र्धन एवं स्वाभिमान कायम राख्ने ।
  • प्रचलित ऐन कानुनले दिएको हक र अधिकार बमोजिम पाउनुपर्ने सुविधा नपाएका स्वास्थ्यकर्मीहरुको त्यस्ता सुविधा दिलाउन आवश्यक दबाब दिने र संघर्ष गर्ने ।
  • जनताका स्वास्थ्य आवश्यकताहरु परिपूर्ति गर्न समतामूलक स्वास्थ्य सेवाको अवधारणाबाट स्वास्थ्य सेवाका कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • स्वास्थ्य सेवालाई सुदृढ, गतिशील र स्तरीय बनाउन सरकारी तथा स्वास्थ्य सेवामा सरिक अन्य गैरसरकारी एवं निजी संस्थालाई रचनात्मक सहयोग पुर्याउने ।
  • स्वास्थ्य सेवामा भएका विकृतिहरुका विरुद्ध आवाज उठाउनुका साथै स्वास्थ्यकर्मीहरुको पेशागत सीप र क्षमता अभिवृद्धिको लागि अनुसन्धान तथा सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • स्वास्थ्य सेवालाई सम्मानित तथा मर्यादित बनाउन राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा रहने सरकारी तथा गैर सरकारी निकाय समेतसँग समन्वय राखी सहयोगात्मक ढङ्गले स्वास्थ्य क्षेत्रमा रहेका विकृति तथा कमजोरीहरु हटाउन मद्दत पुर्याउने ।
  • नेपाली नागरिकलाई स्तरीय स्वास्थ्य शिक्षा सामग्री प्रकाशन गर्ने, जनस्तरमा तालिमका कार्यक्रम सञ्चालन गरी स्वास्थ्य जनशक्ति निर्माणका लागि सहयोग पुर्याउनका साथै गुणस्तरीय शिक्षाको लागि रचनात्मक सहयोग पुर्याउने ।
  • स्वास्थ्य सेवाको स्तर अभिवृद्धि गर्न तथा पेशागत क्षमता एवं दक्षता विकासको लागि अनुसन्धान तथा सशक्तीकरणका कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • स्वास्थ्य र शिक्षा सम्वन्धमा नीति निर्माण गर्ने निकायमा सहभागी हुनका साथै त्यस्ता निकायलाई सचेत गराउने ।
सम्पूर्ण विवरण हेर्नको लागि यहाँ क्लिक गर्नुहोस ।