detail-img

प्रदेश–१ को उपसभामुखमा नेकपा (एमाले) की दनुवार निर्वाचित  

काठमाडौं । प्रदेश–१ को उपसभामुखमा नेकपा (एमाले) की सिर्जना दनुवार निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनबाट दनुवार उपसभामुख पदमा निर्वाचित हुनुभएको हो ।
उहाँको पक्षमा ५७ र विपक्षमा ३३ मत परेको छ । ९३ सदस्यीय प्रदेश सभामा नेकपा (एमाले) का ४०, नेपाली काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । निर्वाचनमा सभामुख तटस्थ बस्नुभयो भने नेकपा (एमाले) का दुई सभासद् अनुपस्थित रहनुभयो । समानुपातिकबाट प्रदेश सभासद् निर्वाचित हुनुभएकी दनुवार उदयपुर निवासी हुनुहुन्छ । त्यसअघि उपसभामुख पदकै लागि भएको पहिलो चरणको निर्वाचनमा नेपाली काँग्रेसकी सांसद लीलाकुमारी राईको पक्षमा ३३ र विपक्षमा ५७ मत खसेको थियो ।