detail-img

गण्डकी प्रदेशको उपसभामुखमा थापा 

कास्की । गण्डकी प्रदेशसभाको उपसभामुख पदमा नेकपा (एमाले) की सभासद् वीनाकुमारी थापा निर्वाचित हुनुभएको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा उपसभामुखका लागि भएको निर्वाचनमा थापा ३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
प्रदेशसभाका ५८ सभासद्मध्ये उहाँलाई नेकपा (एमाले) का २२, माओवादी केन्द्रका ७, राप्रपाका २ र १ स्वतन्त्र सभासद्ले मत दिएका थिए । बाग्लुङको बडीगाड गाउँपालिका–१ की थापा समानुपातिक निर्वाचन प्रणालीबाट सभासद् बन्नुभएको हो । उहाँको विपक्षमा २६ मत परेको थियो । 
नेपाली काँग्रेसकी सभासद् पार्वती तामाङले पनि उपसभामुखमा उम्मेदवारी दिनुभएको थियो ।