detail-img

मधेश प्रदेशको सभामुखमा मण्डल निर्वाचित 

जनकपुरधाम । मधेश प्रदेशको सभामुखमा नेकपा (एमाले) का सभासद् रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ ।
प्रदेशसभामा आज भएको निर्वाचनमा मण्डल ७४ मत प्राप्त गरी सभामुख निर्वाचित हुनुभएको हो । उहाँको पक्षमा सत्ता गठबन्धनका दल नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सङ्घीय समाजावादी पार्टी र चारजना स्वतन्त्र सभासद्ले मतदान गर्नुभएको थियो । विपक्षमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीको २९ मत परेको थियो । आज सदनमा १०३ सभासद् उपस्थित  हुनुहुन्थ्यो ।
मण्डल धनुषा निर्वाचन क्षेत्र नं. १ (२) बाट सभासद् निर्वाचित हुनुभएको हो । उहाँ पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ । नेपाली काँग्रेसबाट सभामुखमा जङ्गीलाल राय उम्मेदवार हुनुहुन्थ्यो ।