detail-img

सुदूरपश्चिमको उपसभामुखमा चौधरी 

धनगढी । सुदूरपश्चिम प्रदेशको उपसभामुखमा नेकपा (एमाले) कि सभासद् कोइलीदेवी चौधरी निर्वाचित हुनुभएको छ । 
मङ्गलबार भएको निर्वाचनमा चौधरी २८ मत प्राप्त गरी उपसभामुख निर्वाचित हुनुभएको हो । ५३  जना सभासद् रहेको प्रदेश सभामा चौधरीलाई नेकपा (एमाले) का १०, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ सभासद्ले मतदान गर्नुभएको थियो । 
समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेश सभासद् निर्वाचित हुनुभएकी चौधरी नेकपा (एमाले) कैलाली जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्छ । उपसभामुखकी अर्की उम्मेदवार नेकपा एकीकृत समाजवादीकी मायादेवी पन्तले २३ मत पाउनुभएको थियो । उहाँलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो ।