detail-img

दोलखाको विगु र कालिञ्चोकमा प्रशिक्षण 

दोलखा । नेकपा (एमाले) को मिसन ग्रासरुट (पार्टी सुदृढीकरण एवम् विस्तार अभियान) ले दोलखामा तीव्रता पाएको छ । यसै क्रममा जिल्लाको उत्तरी क्षेत्रको बिगु र कालिञ्चोक गाउँपालिकाको थामी बस्तीहरूमा प्रशिक्षण तथा वडा कमिटीका बैठक सम्पन्न भएका छन् । 
पार्टी केन्द्रीय सदस्य गोविन्द प्रसाद दुलालको उपस्थितिमा सम्पन्न कार्यक्रममा दुलालले थामीहरूको प्रमुख रोजगारीको रूपमा रहेको ढुङ्गाखानीलाई पुनः सञ्चालन गर्न स्थानीय सरकारले गौरीशंकर संरक्षण क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले थामी भाषाको संरक्षणका लागि शब्दकोश प्रकाशन गर्न स्थानीय सरकार र राष्ट्रिय भाषा आयोगको ध्यानाकर्षण समेत गराउनुभयो ।  
नेता दुलालले ग्रासरुट अभियानले पार्टी संगठनलाई वैचारिक रूपमा बलियो र भावनात्मक रूपमा एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो ।