detail-img

जुम्लाको छिनामा वडास्तरीय कार्यक्रम 

जुम्ला । नेकपा (एमाले) ले सञ्चालन गरेको मिसन ग्रासरुट  अन्तर्गत आइतबार (२०७९ फागुन २८ गते) जुम्लाको चन्दननाथ नगरपालिका–६ छिनामा वडास्तरीय कार्यक्रम सम्पन्न भएको छ । 
पार्टी सदस्यहरुका बीचमा आयोजित भेलाले वडाभित्र पार्टी सदस्यता नवीकरण र वितरणका लागि कार्ययोजना बनाएर काम सुरु गरेको छ । 
वडा कमिटीका अध्यक्ष साजन सुवर्णकारको अध्यक्षतामा आयोजित कार्यक्रममा केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल र जिल्ला अध्यक्ष शान्तिलाल महतले प्रशिक्षण दिनुभएको थियो ।
अनेरास्ववियुका केन्द्रीय सदस्य पदम सुवर्णकारले सञ्चालन र जिल्ला कमिटी सदस्य दानबहादुर रावलले स्वागत गरेको कार्यक्रममा कर्णाली प्रदेश कमिटीका सचिवालय सदस्यद्वय धीरेन्द्रराज गिरी र गोर्ख पछाई, प्रदेश कमिटी सदस्य मेनका पछाई, जिल्ला कमिटी उपाध्यक्ष सुरत शाही, प्रदेश प्रतिनिधि भीम थापा, जिल्ला कमिटी सदस्यहरू कमल महत, रामबहादुर रावत, दानबहादुर रावललगायतको उपस्थिति थियो । 
वडाभित्रका सदस्यहरूको नवीकरण र नयाँ सदस्यता विस्तारका लागि कार्ययोजना पारित गरिएको छ ।